निर्भीकजंग रायमाझीको शब्द रचनामा ‘धमिलो रङ रानीपोखरीको’ बोलको गीत सार्वजनिक भएको छ। भविन्द्र कुँवरको संगीत रहेको गीतमा सौरभ ढकालको स्वर सुन्न सकिन्छ।
सार्वजनिक गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दुस्ख तथा श्रमको मूल्यबारे बोलेको छ। ‘त्यसरी त कहिल्यै सोचिएन ’ कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले बताए ।
‘संसारभरि नदी सभ्यता तथा पानीबारे गीत बनेका छन्। पोखरी पनि नदी सभ्यताकै एक रूप हो। गीतमा काठमाडौंको मात्र नभई सबैठाउँको रानीपोखरी, ताल, कुवा आदिलाई प्रतीकात्मक रूपमा प्रयोग गर्न खोजेका छौं,’रायमाझीले भने।
निर्भीकजंग रायमाझी युट्युब अकाउन्डमार्फत सार्वजनिक गरिएको गीतलाई हुरी स्टुडियोमा रेकर्ड गरिएको हो।
153
Shares

प्रतिक्रिया