ऋषि लामिछानेको निर्देशनमा फिल्म ‘माग्ने राजा’ बन्ने भएको छ। यस फिल्मको मुख्य भूमिकामा कलाकार केदार घिमिरे (माग्ने बुढा) देखिनेछन्।
एक पोस्टर सार्वजनिक गर्दें फिल्म निर्माणको घोषणा गरिएको हो। फिल्ममा सामिप्यराज तिमिल्सिनाको कथा र पटकथा रहेको छ। मुनाल घिमिर निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिँच्नेछन्।
त्यसैगरि, फिल्मको मुख्य अभिनेत्रीको रुपमा वर्षा शिवाकोटी देखिनेछिन्। ‘छक्कापञ्जा ५’पछि केदार र वर्षाले फेरि सहकार्य गर्न थालेका हुन्। बाँकी कलाकार भने फाइनल हुन बाँकी नै छ।
केदार पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन्। यसअघि उनी सहायक भूमिकामा देखिँदै आएका थिए।
पछिल्लोसमय केदार धमाधम ‘छक्का पञ्जा’ बाहिरका फिल्म साइन गरिरहेका छन्। यसअघि केदारले कङ्गारु, जेरी अन टप साइन, माइतीघर साइन गरिसकेका छन्।
Shares

प्रतिक्रिया