सिरियामा राष्ट्रपति बसर अल असदविरुद्ध विद्रोहीको अभियान राजधानी दमास्कससम्म पुग्ने सम्भावना बढेको छ। विद्रोहीहरूले एलेप्पो र हामा सहर आफ्नो नियन्त्रणमा लिइसकेका छन्।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार विद्रोहीहरू अब तेस्रो सहर होम्सतर्फ अघि बढिरहेका छन्।
उनीहरूले होम्स कब्जा गरे भने सिरियाको राजधानी दमास्कस धेरै सहरको सम्पर्कबाट विच्छेद हुनेछ।
बिहीबार हामाको नियन्त्रणमा लिएपछि विद्रोही समूह हयात तहरीर अल-शामका नेता अबु मोहम्मद अल-जवलानीले विजयी घोषणा गरेका छन्।
बसर अल-असदले विद्रोहीहरूलाई आतंकवादी भनेका थिए। यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँगको कुराकानीमा सिरियाली राष्ट्रपतिले अहिलेको अवस्थाका लागि अमेरिका र पश्चिमी मुलुकलाई दोष दिएका थिए।
कुराकानीमा बसर अल-असदले अमेरिका र अन्य पश्चिमी देश यस क्षेत्रको नक्सालाई नयाँ आकार दिन चाहेको बताएका थिए।
Shares

प्रतिक्रिया