दक्षिण भारतीय अभिनेता नागा चैतन्यले वैवाहिक बन्धनमा बाँधिएका छन्।
उनले अभिनेत्री शोभिता धुलिपालासँग बिहे गरेका हुन्। दुवैले सन् १९७६ मा नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडिओमा बिहे गरे।
चैतन्यका बुवा अभिनेता नागार्जुनले दुवैको विवाहको तस्बिर सेयर गरेका छन्।
नागार्जुनले लेखेका छन्, ‘शोभिता र नागाले सँगै यो सुन्दर अध्याय सुरु गरेको देख्नु मेरा लागि विशेष र भावुक क्षण हो। मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ। तपाईंले हाम्रो जीवनमा धेरै खुसी ल्याइसक्नुभएको छ।’
उनीहरूको बिहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
दुवैले सामाजिक सञ्जालमा बिहेको तस्बिर सेयर गरेका छन्।
तस्बिरमा शोभिता रेशमी सारी र सुनका गहनामा देखिएकी छन् भने नागा चैतन्य सेतो कुर्ता र धोतीमा देखिएका छन्।
नागा चैतन्यको यो दोस्रो बिहे हो।
यसअघि नागाले सामन्था रुथ प्रभुसँग सन् २०१७ मा प्रेमविवाह गरेका थिए। पहिले हिन्दु र त्यसपछि ७ अक्टोबरमा इसाई परम्पराअनुसार विवाह गरेका थिए।
विवाहपछि सामन्थाले आफ्नो नाम अक्किनेनी राखेकी थिइन्। तर, विछोडको खबरबीच सामन्थाले आफ्नो ट्विटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु बनाएकी थिइन्। उनीहरू दुवैले सन् २०२१ छुट्टिए।
Shares

प्रतिक्रिया