कला


अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ प्रदर्शनमा, चिसोमा पनि बिहान ४ बजे नै दर्शक पुगे हलमा

अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ प्रदर्शनमा, चिसोमा पनि बिहान ४ बजे नै दर्शक पुगे हलमा

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार ९:४, काठमाडौँ

बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा-२’ नेपालमा प्रदर्शनमा आएको छ। अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको यो फिल्म आजदेखि नेपाली  हलमा लागेको हो।

नेपाली हलहरुबाट पहिलो दिनका लागि ५९१ शो पाएको यो फिल्ममा अकुपेन्ची शतप्रतिशत छ। यस्तो चिसोमा पनि दर्शक बिहान ४ बजेदेखि हल पुगेका छन्। १७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा: द राइज’ निकै सफल भएको थियो।

जसकारण यस सिक्वेललाई हेर्न क्रेज व्यापक देखिएको हो। 

हलहरूले बिहान पौने ४ देखि राति १२ बजेसम्मका शो राखेका छन्। नेपाली हलमा २३ घण्टासम्म यो फिल्म चल्नेछ। 

शनिबारसम्मका अधिकांश शो सोल्डआउट भइसकेका छन्। बुकिङ खुल्नेबित्तिकै फिल्मको टिकट चाँडै बिक्री भएका थिए। त्यसैले केही शोमा फास्ट फिलिङ देखिएको छ।

‘पुष्पा २’ को रनटाइम नेपालमा ३ घण्टा १५ मिनेट छ। तर, यो फिल्म नेपालमा टु डी मस मात्रै रिलिज भएको छ। थ्रि-डी रिलिज हुने भनेर टिकट बिक्री गरे पनि भारतवाट  टु-डी फाइल मात्रै आएपछि हलले थ्रि-डी रिलिज गर्न नसकेका हुन्। 

थ्रि-डी रिलिज नहुने भएपछि हलले दर्शकसँग थ्रि-डी रिलिजका लागि भनेर उठाएको अतिरिक्त रकम फिर्ता गरिरहेका छन्। क्यूएफएक्सले थ्रि-डी रिलिज गर्न नसकेको भन्दै पैसा फिर्ता लिन सिनेमा घरको बक्सअफिस काउन्टरमा आउन सूचना जारी गरेको छ। 

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad