खेल


पोखरा एभेन्जर्सको खराब प्रदर्शन, ११ ओभरमै गुमायो ८ विकेट

पोखरा एभेन्जर्सको खराब प्रदर्शन, ११ ओभरमै गुमायो ८ विकेट

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १५:४२, काठमाडौँ

चितवन राइनोजविरुद्ध अहिले भइरहेको खेलमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा खराब प्रदर्शन गरेको छ। 

पोखराले ११ ओभर खेल्दा ८ विकेट गुमाइसकेको छ। 

कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भएको खेलमा दिनेश खरेल १ रनमै एलबीडब्लु धरापमा परे। त्यस्तै दिलिप नाथ ४ रनमा आउट हुँदा बास डि लिड पनि शून्य रनमा पवेलियन फर्किए। किरण ठगुन्नाले पनि १ रन जोडेर बाहिरिँदा रेमन रिफर पनि १ रनमै आउट भए। 

माइकेल लिस्क शून्य रनमा आउट हुँदासम्म पोखराले ७ विकेट गुमायो। त्यसपछि बल्ल लय समाउन लागेको पोखराका मार्कस क्रिचले १७ रनमा एलबीडब्लु धरापमा परे। 

अहिले नारायण जोशी १५ रनमा नटआउट छन्। अब पोखराका सागर ढकाल र बिपिन खत्रीको विकेट मात्र बाँकी छ। 

पोखरालाई सस्तोमा समेट्न सोहेल तनविरले ६ रन मात्र खर्चेर ३ ओभरमा ३ विकेट लिए भने रिजन ढकालले पनि १० रन खर्चिएर ३ ओभरमा ३ विकेट नै लिएका छन्। यसबाहेक चितवनका ल्युक बेन्केन्स्टाइनले २ विकेट झारेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad