कला


चार दिनमा नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो?

चार दिनमा नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो?

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १२:३०, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शन भएको नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ हलमा राम्रै व्यापार गरिरहेको छ। यस फिल्मले चारदिनमा ३ करोड ६५ लाख ग्रस कलेक्सन गरेको हो। 

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको कलेक्सनबारे जानकारी दिएको हो।  पहिलो दिन ८० लाख ओपनिङ गरेको फिल्मले शनिबार १ करोड २० लाख ग्रस कलेक्सन गरेको थियो। आइतबार ७५ लाख र सोमबार ९० लाख कमाइ गरेको छ। मंगलबारको कलेक्सन भने सार्वजनिक भएको छैन।

चन्द्र पन्त निर्देशित यस फिल्ममा बुधबार पनि राम्रो साथ देखिन्छ। ‘पूर्णबहादुरको सारंगी’को दबदबाबीच रिलिज भएको यस फिल्मले पहिलो दिन डेढ सय शो पाएको थियो। 

विजय बराल मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले तेस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको छ। जसकारण ‘ह्रस्व दीर्घ’ को शोमा केही असर परेको देखिन्छ। 

नीता ढुंगानाको लगानीमा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ। फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।

६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो। यो तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad