कला


‘ह्रस्व दीर्घ’ को लागि दर्शक भेट्न नेपालगन्ज पुगे प्रदीप रावत

‘ह्रस्व दीर्घ’ को लागि दर्शक भेट्न नेपालगन्ज पुगे प्रदीप रावत

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १२:४०, काठमाडौँ

भारतीय कलाकार प्रदीत रावत यतिखेर नेपालमा छन्। श्रीमती कल्याणी नेपालीसहित नेपाल आएका उनीहरु ‘ह्रस्व दीर्घ’ का दर्शकहरु भेट्न हल पुगिरहेका छन्। यसैबीच, बुधबार उनीहरु नेपालगन्ज पुगेका छन्। 

फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, अभिनेता हरिहर अधिकारी र निर्देशक चन्द्र पन्तसहित उनीहरु दर्शकहरु भेट्न नेपालगञ्ज पुगेका हुन्। आज दिनभरि सिने रोयल र क्यूएफएक्स बागेश्वरी हल पुगेर दर्शकसँग साक्षात्कार गर्नेछन्। 

यस फिल्ममा प्रदीपले नीताको बुवाको भूमिकामा देखिएका छन्। फिल्मको प्रवर्द्धनका लागि आइतबार नेपाल आएका उनी नेपालगञ्ज हुँदै बिहीबार भारत फर्किने बताइएको छ। 

फिल्मको प्रवर्द्धनका लागि आइतबार नेपाल आएका प्रदीप नेपालगञ्ज हुँदै बिहीबार भारत फर्किनेछन्। शुक्रबारदेखि प्रदर्शनरत यस फिल्मले ३ करोड ६५ लाख कमाइ गरिसकेको छ। 

नीता ढुंगानाको लगानीमा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ। फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad