अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको ‘फर्की फर्की’ ओटीटीमा आउने भएको छ। यो फिल्म शुक्रबारदेखि नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडिओमा स्ट्रिमिङ हुन लागेको हो।
फिल्मका निर्माता रोहित अधिकारीले यसबारे जानकारी दिए। गत जेठ १० गते सिनेमाहलमा रिलिज भएको यस फिल्मले बक्सअफिसमा राम्रै कमाइ गरेको थियो।
यसअघि एमएसएम भिडियोमा बेहुली फ्रम मेघौली, अगस्त्य, दिमाग खराब, महाजात्रा, घरज्वाइँ लगायतका फिल्महरु रिलिज भइसकेका छन्।
51
Shares

प्रतिक्रिया