कला


‘पूर्णबहादुरको सारङ्गी’ ले अमेरिकाबाट १० दिनमै कमायो पौने सात करोड

‘पूर्णबहादुरको सारङ्गी’ ले अमेरिकाबाट १० दिनमै कमायो पौने सात करोड

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार २१:१९, काठमाडौँ

सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले विदेशमा पनि आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले अमेरिकामा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ।

यस फिल्मले १० दिनमा अमेरिकामा ५ लाख डलर अर्थात ६ करोड ७५ लाख रुपैयाँ कलेक्सन गरेको छ। नोभेम्बर ८ देखि रिलिज यस फिल्मले गत शनिबार फिल्मले २२६ शोसहित सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको थियो।

अहिले अमेरिकाभरका ६६ हलमा २०० हाराहारीको शोसहित प्रदर्शनरत छ। बक्स अफिसमा पहिलोपटक बृहतरुपमा रिलिज भएको फिल्मले नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास, पेन्सिलभेनिया र ओहायोमा उच्च कमाइ गरेको निर्माणटिमले जनाएको छ।

साथै एकैदिनमा १०० भन्दा धेरै शो सोल्डआउटको रेकर्ड पनि फिल्मले बनाइसकेको छ। निर्माता प्याट्रिक सुवेदीका अनुसार हालसम्म डायस्पोरामा यस फिल्मले २० करोड माथिको व्यापार गरिसकेको छ। अमेरिकासहित अष्ट्रेलियामा पनि फिल्मको व्यापार उच्च रहेको छ।

विजय बरालको मुख्य भूमिका रहेको यस फिल्मले नेपालमा भने १८ दिनमा ३५ करोड माथिको व्यापार गरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad