कला


प्रमिला भन्छिन्: ‘अग्निदहन’मा बोक्सी बन्दा भावुक भएँ

प्रमिला भन्छिन्: ‘अग्निदहन’मा बोक्सी बन्दा भावुक भएँ

‘अग्निदहन’मा प्रमिला ताम्राकार तुलाचन


नेपालखबर
मंसिर २, २०८१ आइतबार १४:०, काठमाडौँ

नाटक र फिल्ममा प्रमिला ताम्राकार तुलाचन परिचित नाम हो। २०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय सुरु गरेकी उनी ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटकसहित ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘चच हुई’ र ‘पुजार सार्की’मा देखिसकेकी छन्। उनै प्रमिला मंसिर ७ गतेदेखि रिलिज हुने फिल्म ‘अग्निदहन’मा माइली दमिनीको भूमिकामा देखिँदै छिन्। फिल्ममा उनलाई ‘बोक्सी’को आरोप लागेको हुन्छ। 

‘माइली दमिनी’को चरित्र निर्वाह गर्न निकै चुनौतीपूर्ण थियो। पात्रको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘किनकि यो फिल्म सत्य घटनामा आधारित हुनाले मैले यसमा माइली दमिनीको पात्रमा यथार्थ अभिनय गर्नुपर्थ्यो। ‘अग्निदहन’ मेरो अरूभन्दा निकै फरक भूमिका रहेको फिल्म पनि हो। माइली दमिनीको चरित्रका लागि मैले निकै समय पात्र अध्ययन गर्नुपर्‍यो। यो चरित्रका लागि सुकुमवासी बस्तीमा गएर धेरै अध्ययन गरेँ। हाम्रो समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेँ।’

फिल्मको स्क्रिप्ट हातमा परेपछि प्रमिलाले आफ्नो चरित्रबारे उनले परिवारसँग सल्लाह गरेकी छन्। श्रीमान्‌ले गरेको सहयोग र समर्थनका कारण काम गर्न सजिलो भएको उनको भनाइ छ।

फिल्मको फस्टलुक र ट्रेलर रिलिज भएपछि आफ्नो कामप्रति सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन्। प्रमिलाको बुझाइमा अशक्त, दुःखी, गरिब, सहाराविहीन एकल महिला वा पुरुष, जसकाविरुद्ध बोलिदिने समाज हुँदैन, उनीहरूलाई नै बोक्सीको आरोप लगाइने गरिन्छ। जुन भूमिकामा काम गर्न गाह्रो भएको सुनाउँछिन् उनी। 

‘फिल्ममा माइली दमिनीलाई एउटा दृश्यमा मलमुत्र खुवाई कुटपिट गरिएको छ। यो दृश्य छायांकन भइरहँदा मलाई एकदम गाह्रो महसुस भयो। मैले पात्र निर्वाह गर्दै गर्दा यति गाह्रो भयो भने साँच्चै नै असहाय महिला दिदी, आमाहरूलाई कस्तो भयो होला भन्ने कुराले मलाई धेरै दिन ह्याङ ओभर रहिरह्यो’, उनले भनिन्।

‘अग्निदहन’ सत्य घटनामा आधारित रहेकाले पनि सबैले एकपटक हेर्नुपर्ने प्रमिला बताउँछिन्। प्रमिला माइली दमिनीको पात्र निर्वाह गरिरहँदा निकै भावुक बनेकी थिएँ।

‘सबैभन्दा भावुक माइली दमिनीको घर जलाउँदा र मलमूत्र खुवाउँदा भएँ’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad