साङ्ग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा भव्य रुपमा सार्वजनिक गरेको नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयूभीको डेलिभरी यही कात्तिक २५ देखि सुरु गरेको छ।
यो प्रिमियम एसयूभीको अनुभव लिन सक्नेछन्। साङ्ग्रिला मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै डेलिभरी प्रक्रिया छिटो, सहज, र व्यवस्थित बनाउन विशेष ध्यान दिएको छ।
लक्जरी, प्रदर्शन र वातावरणीय जिम्मेवारीलाई समेटेर डिजाइन गरिएको लिपमोटर सी१० ले विद्युतीय सवारी साधनमा नयाँ अध्यायको सुरुवात गरेको कम्पनीको दाबी छ। लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ।
उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ।
यसका साथै अत्याधुनिक सुरक्षा सुविधाहरुले यो गाडीलाई थप सुरक्षित बनाएको छ। एकदमै प्रिमियम यस गाडीमा भएको स्पेस, एड्भान्स इन्टेरियर र स्मार्ट प्रविधिले आराम, स्टाइल र सुविधालाई नयाँ स्तरमा पुर्याएको छ।
अद्यावधिक हुन तथा गाडीको बारेमा थप जानकारी लिनको लागि साङ्ग्रिला मोटर्सलाई सिधै सम्पर्क गर्न सकिनेछ।
Shares

प्रतिक्रिया