हङकङ विमानस्थलमा बस जहाजसँग ठोकिँदा पखेटा भाँचियो, उडान ७ घण्टा सर्‍यो

हङकङ विमानस्थलमा बस जहाजसँग ठोकिँदा पखेटा भाँचियो, उडान ७ घण्टा सर्‍यो

डुइनमा अपलोड भिडिओबाट लिइएको तस्बिर जसमा बस विमानको पखेटामा ठोकिएको छ


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १७:५०, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक सटल बस विमानको पखेटामा ठोकिएको छ। जसका कारण मुख्यभूमि चीनको जिनान सहरका लागि तय भएको सान्दोङ एयरलाइन्सको उडान सप्ताहन्तमा सात घण्टा ढिलो भएको थियो।

आइतबार मुख्यभूमि चीनको भिडियो-साझेदारी प्लेटफर्म डुइनमा अपलोड गरिएको एक भिडिओमा यात्रुवाहक बसको छत विमानको पखेटामा ठोकिएको देखिएको छ।

ठक्करपछि बस पल्टिएको थियो भने विमानको पखेटा तल-माथि फडफड गरेको थियो। भिडिओमा विमानको ‘बडी’मा ‘सान्दोङ एयरलाइन्स’ लेखिएको देखिन्छ।

भिडिओ पोस्ट गर्ने प्रयोगकर्ता लेख्छन्, ‘पखेटा भाँचिएको थियो। दिउँसो मर्मतका लागि कुर्नुपर्‍यो तर मध्यरातसम्म पनि मर्मत भएन। के तपाईँ यो विमानमा चढ्ने हिम्मत गर्नुहुन्छ?’

अर्को प्रयोगकर्ताले सोमबार सोसल मिडिया प्लेटफर्म थ्रेड्समा भिडिओ साझा गरे। जसमा उनले उडान सात घण्टा ढिलो भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा भिडिओसहितका प्रतिक्रिया आएपछि थप विवरणका लागि विमानस्थल प्राधिकरणसँग सम्पर्क गर्ने प्रयास भइरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .