कला


‘हरिबहादुरको जुत्ता’ मा एकसाथ देखिँदै स्वस्तिमा र प्रियंका

‘हरिबहादुरको जुत्ता’ मा एकसाथ देखिँदै स्वस्तिमा र प्रियंका

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १६:३१, काठमाडौँ

फिल्म ‘हरिबहादुरको जुत्ता’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। निर्माणटिमले स्वस्तिमालाई मुख्य भूमिकाको लागि सम्झौता गरेको हो।

स्वस्तिमासहित फिल्ममा अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भएको छ। स्वस्तिमा र प्रियंकाले यसअघि छक्का पञ्जा २, नाइ नभन्नु ल ५ लगायतका फिल्ममा काम गरिसकेका छन्।

त्यस्तै, फिल्ममा अभिनेता दिव्य देव र हास्य कलाकार दिनेश काफ्ले पनि अनुबन्धित भइसकेका छन्।

दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा यसअघि हरिवंश आचार्य र प्रकाश सपुत देखिने पक्का भइसकेका छन्।

सरोज ओलीको निर्माणमा बन्ने फिल्ममा हरिवंशको पटकथा र संवाद रहनेछ। फिल्मको छायांकन भने माघको तेस्रो साताबाट सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad