कर्णाली


कालीकोट जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

कालीकोट जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १६:३५, काठमाडौँ

कालीकोटमा आइतबार जिप दुर्घटनाका घाइतेहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीका अनुसार घाइतेलाई भर्खरै हेलिकोप्टरले सुर्खेततर्फ लगेको छ। 

गाउँपालिकाको वडा नम्बर ३ स्थित राडुनेटामा जिप दुर्घटनामा भएको थियो। दुर्घटनामा परेर कम्तीमा ८ जनाको निधन भएको प्रारम्भिक जानकारी पाइएको भएपनि यकिन विवरण आइनसकेको उनले बताइन्।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार, अहिले उद्धारको कार्य चलिरहेको छ। 

पालिकाको वडा नम्बर ३ बाट ९ नम्बरतर्फ जाँदै गर्दा उक्त जिप दुर्घटनामा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad