कला


ब्रह्मानन्दम अभिनित चलचित्र ह्रस्वदीर्घको ट्रेलर सार्वजनिक (भिडिओ)

ब्रह्मानन्दम अभिनित चलचित्र ह्रस्वदीर्घको ट्रेलर सार्वजनिक (भिडिओ)

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार २०:५८, काठमाडौँ

नेपाली चलचित्र ह्रस्वदीर्घको ट्रेलर सार्वजनिक भएको छ।

बुधबार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो। हरिहर अधिकारी र निता ढुंगानाको मुख्य अभिनय रहेको चलचित्रमा भारतीय कलाकार ब्रह्मानन्दम लगायतको पनि अभिनय रहेको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री निता ढुंगानाले आफूले भन्दा पनि फिल्मले बोल्ने बताइन्। उनले दुई दुई वर्ष लगाएर चलचित्र बनाएको र दर्शकको कृपाले राम्रो हुने पनि बताइन्।

अभिनेता हरिहर अधिकारीले दर्शकको साथ र सहयोगले मात्रै आफूलाई अभिनयमा सन्तुष्टि मिल्ने बताए। चलचित्रमा मेहनत गरेको र दर्शकले फिल्मले बाँकी कुरा बोल्ने उनको भनाइ थियो।

कार्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा लगानी अभिनेत्री ढुंगानाको रहेको छ।

निता फिल्मस्को प्रश्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय लगानी हुन्। सिनेमामा हरिहर अधिकारी, निता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad