विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ आज (बिहीबार) देखि प्रदर्शनमा आएको छ।
‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को दबदबाबीच यो फिल्म हलमा लागेको हो। यस फिल्मले मल्टिप्लेक्स हलबाट पहिलो दिनका लागि राम्रै सो पाएको छ। फिल्मले आज देशभरि १०८ बढी सो प्राप्त गरेको हो।
कात्तिक १६ गतेदेखि बलिउडका ठूला फिल्म ‘सिंगम अगेन’ ‘भूलभुलैया ३’ रिलिज हुँदै छन्।
जसकारण शुक्रबारदेखि सो बाँडिने निश्चित छ। तर, माउथ पब्लिसिटी राम्रो हुँदा ‘पूर्णबहादुरको सारंगी’ ले राम्रै व्यापार गर्न सक्छ।
रिलिजअगावै चर्चामा रहेको सारंगी बजाउने पात्रमा आधारित यस फिल्ममा बाबुछोराको कथा छ।
यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ।
सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।
Shares

प्रतिक्रिया