कात्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ ।
बुधबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको फिल्मको ट्रेलर फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ।
ट्रेलरमा सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई स्थान दिइएको छ। विशेषत ट्रेलरले फिल्मले पहाडी–मधेशी मेलमिलापको खोजी गरेको देखाएको छ। फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन्।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ।
उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्। नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन छ।
फिल्मको यसअघि संवादरहित टिजर र गीत सार्वजनिक भइसकेको छ। म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।
Shares

प्रतिक्रिया