भोलिबाट प्रदर्शनमा आउने फिल्म ‘पूर्णबहादुरको सारंगी’ को अग्रिम बुकिङ खुलेको छ। विजय बरालको मुख्य भूमिका रहेको यस फिल्मले मल्टिप्लेक्स हलहरुबाट उत्साहजनक पहिलो दिनका लागि राम्रै शो पाएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यकाभर १९ सो उपलब्ध गराएको छ। त्यसैगरि, वान सिनेमाजका दुबै हलमा ६ शो, बिग मुभिजमा ३ शोहरु देख्न सकिन्छ।
चाबहिलस्थित एफक्युब सिनेमाजले ३ शो दिँदा आइएनआइ सिनेमाजले आफ्नो तीनवटै हलहरुमा ९ शो दिएको छ। काठमाडौंबाहिरका हलमा पनि राम्रै सो दिएका छन्।
‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को दबदबा। त्यसमाथि बलिउडका ठूला फिल्म ‘सिंगम अगेन’ ‘भूलभुलैया ३’ एकसाथ जुध्दा शो बाँडिने निश्चित छ। किनकी यी दुबै फिल्म कात्तिक १६ गतेबाट रिलिज हुँदैछन्।
तर, माउथ पब्लिसिटी राम्रो हुँदा ‘पूर्णबहादुरको सारंगी’ ले राम्रै व्यापार गर्न सक्छ। रिलिजअगावै चर्चामा रहेको सारंगी बजाउनेमाथि आधारित यस फिल्ममा बाबुछोराको कथा समेटिएको छ।
यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुषाल, भोलाराज सापकोटाको अभिनय छ।
सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। यो फिल्म आगामी कात्तिक १५ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया