कला


प्रकाश दुतराजको गीत ‘रेशम’ करोड क्लबमा

प्रकाश दुतराजको गीत ‘रेशम’ करोड क्लबमा

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १४:३५, काठमाडौँ

गायक प्रकाश दुतराजको गीत ‘रेशम’ करोड क्लबमा प्रवेश गरेको छ। 

दसैँको अवसरमा रिलिज गरिएको यस गीतलाई तीन सातामा करोड भ्युज मिलेको हो। 

सार्वजनिक गीतको भिडिओलाई युट्युबमा एक करोड १ लाख १९ हजार पटक हेरिएको छ। सार्वजनिक गीतमा प्रकाशसहित मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ। 

सार्वजनिक भएदेखिनै यस गीतले टिकटकदेखि रिल्समा चर्चा बटुलेको थियो। भेडा गोठालाको प्रेमकथालाई दर्शकहरुले निकै मन पराएका छन्। 

मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडिओमा प्रकाशसहित विमला लिम्बुको अभिनय रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad