कला


‘जेरी अन टप’ को शुभमुहूर्तसँगै छायांकन सुरु

‘जेरी अन टप’ को शुभमुहूर्तसँगै छायांकन सुरु

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १२:४९, काठमाडौँ

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ। सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो।

शुभमुहूर्तको सेटमा अनमोलसहित फिल्मका कलाकार जसिता गुरुङ, आँचल शर्मा,विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’ निर्मल शर्मा लगायतको उपस्थिति थियो।  

काठमाडौंसहित लुक्ला र भारतको लद्दाखमा हुने फिल्मको छायांकन सेड्युल ५० दिनको रहेको निर्माणटिमले जनाएको छ। 

अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा बन्ने फिल्मको निर्माता सरोज न्यौपाने हुन्।

सुयोग गुरुङको निर्देशनमा बन्ने यस फिल्ममा सुरक्षा पन्त, भुवन केसी लगायतको अभिनय रहनेछ। यस फिल्ममा भुवन अनमोलको बुवाको रुपमा देखिँदा विपना भने आमाको भूमिका निर्वाह गर्देछिन्। 

प्रेमकथामा बन्ने यो फिल्म भ्यालेन्टाइनको डेको अवसरमा फागुन २ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad