कला


‘बेहुली फ्रम मेघौली’लाई ओटीटीमा उत्साहजनक साथ, २ दिनमै पायो ११ हजार दर्शक

‘बेहुली फ्रम मेघौली’लाई ओटीटीमा उत्साहजनक साथ, २ दिनमै पायो ११ हजार दर्शक

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार ११:५४, काठमाडौँ

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा उत्साहजनक साथ पाइरहेको छ। गत शुक्रबार ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको यस फिल्मलाई अहिलेसम्म ११ हजारपटक हेरिएको छ।

फिल्मकी निर्मात्री स्वस्तिमाले २ दिनमा ११ हजार प्लस स्ट्रिमिङ भएको भन्दै फेसबुकमा दर्शकलाई धन्यवाद दिएकी छन्।

४०० रुपैयाँ तिरेर यस फिल्मलाई ओटीटीमा हेर्न सकिन्छ। यस अर्थमा ११ हजार स्ट्रिमिङ भएबापत फिल्मले ४४ लाख कमाइसकेको छ। दर्शकबाट पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ।

फिल्मले मात्रै होइन, निश्चलको आँटको पनि यतिखेर प्रशंसा भइरहेको छ। निश्चलले हलमा चलिरहेको फिल्म उत्रारेर जोखिम मोलेर ओटीटीमा रिलिज गरेको र नयाँ बजार देखाएको भन्दै तारिफ भइरहेको छ। यसअघि रिलिजकै बेला फिल्म उतारेर ओटीटीमा राखेको पहिलोपटक हो। 

यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन। यी देशमा हलमै रिलिज भइराखेकाले तत्काल ओटीटीमा नआएको हो। 

घटस्थापनाका अवसरमा असोज १७ गते रिलिज यस फिल्मलाई दर्शकले निकै मन पराएका थिए। पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा पर्याप्त सो पाउन सकेन।

यसपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखे। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। त्यसपछि उनले फिल्मलाई हलबाट निकाले। यसपछि ओटीटीमा राखिएको हो। 

यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

यस फिल्ममा उमेर पुगेपछि आउने बिहेको प्रेसरको कथा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad