बागमती


काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि महिलाको शव, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि महिलाको शव, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १२:२, काठमाडौँ

काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ। 

कीर्तिपुर नगरपालिका-२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।

शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरेको छ। तर अन्य हिसाबबाट पनि अनुसन्धान गरिरहेको छ।

महिलाले हातमा घडी र चुरा लगाएकी छन्। चप्पल, लुगालगायतका सामग्री पनि दुरुस्त अवस्थामा छन्।

घटनास्थल हेर्दा हत्या नभई आत्महत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad