कला


यस्तो छ अग्निदहनको ‘दाइ दाइ नभन मलाई’ गीत

यस्तो छ अग्निदहनको ‘दाइ दाइ नभन मलाई’ गीत

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार २०:५३, काठमाडौँ

बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म अग्निदहनको ‘दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक भएको छ।

लोकमणि पौडेलको शब्द रहेको गीतमा परशुराम अधिकारीले संगीत भरेका छन्। सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर सुन्न सकिन्छ।  

धर्मेन्द्र पौडेलले कोरियोग्राफी रहेको गीतको भिडिओमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्य फिचर्ड छन् ।

विवाहको सेटअपमा तयार परिएको यो गीत रत्यौली खेल्दै गाइने झ्याउरे पाराको रहेको छ। भिडिओमा पश्चिमाञ्चल क्षेत्र वरपर प्रचलनमा रहेको यस रत्यौलीमा छोरी मान्छे लोग्ने मान्छे बनेर नाच्ने प्रचलन देख्न पाइन्छ। जसलाई ‘लुठो’ बन्ने भन्ने गरिन्छ।

भिडिओमा रमा त्रिपाठी लूठो बनेकी छन् ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक छ। यस फिल्मलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो। 

घनश्याम लामिछानेको निर्देशित यो फिल्म आगामी मंसिर ७ गतेबाट रिलिज हुँदैछ। निर्देशक लामिछाने एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताउँछन् ।

‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ। उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौँ। फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनी भन्छन्।

मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ।

फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताएका छन्। उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्षसमेत रहेका कोविदचरण उपाध्ययले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताए।

फिल्मको मुख्य भूमिकामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ।

कोविदशरण उपाध्यायको परिकल्पना रहेको फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद छ। 

चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन्।

यस्तै, केही समय अघि यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी (२) औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad