कला


दर्शकको उच्च मागपछि अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन सुरु

दर्शकको उच्च मागपछि अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन सुरु

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १३:३४, काठमाडौँ

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पुन:प्रदर्शनमा आउने भएको छ। दर्शकहरुको अत्यधिक मागका कारण यो फिल्म पुनः अमेरिकाका विभिन्न सहरमा फेरि रिलिज हुँदैछ।

टेक्सासमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रबारबाट यो चलचित्रको प्रदर्शन सुरु भइसकेको छ, जहाँ दर्शकको उल्लेखनीय चाप देखिएको छ। 

अब यो चलचित्र लोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिकाको लागि यस चलचित्रका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए। 

यसअघि अक्टोबर ३ नेपालसँगै मा क्यालिफोर्नियाका थुप्रै थिएटरहरूमा रिलिज भएको यो चलचित्र सो राज्यमा पुनः प्रदर्शन सुरु हुन लागेको कार्कीले जनाए।

नेपाल र अमेरिकामा यो चलचित्रलाई दर्शकहरूको उत्साहजनक प्रतिक्रिया मिलेको थियो। यस चलचित्रको अमेरिकाको लागि प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई,खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट, र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन्।

सजन काफ्ले र आकाश बराल लेखन तथा निर्देशित फिल्ममानिश्चल र स्वस्तिमा खड्कासहित वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मी लगायतको भूमिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad