कला


‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक (भिडिओ)

‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक (भिडिओ)

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १३:४९, काठमाडौँ

नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो।

अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुषाल, भोलाराज सापकोटाको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ।

सार्वजनिक ट्रेलर निकै मर्मस्पर्शी छ। सारंगी समुदायमाथि केन्द्रीत फिल्ममा बाबुछोराको सम्बन्धको कथा देखाइएको छ। पुस्तौंदेखिको गाइने पेशाले विजय जीवन धानिरहेका छन्।

सारंगी रेटेर छोराको सपना र भविष्य बनाउन गर्नुपरेको संघर्ष वरिपरि ट्रेलर घुमेको छ। फिल्मम विजय बुवा हुँदा प्रकाश सपुतले छोराको भूमिका निर्वाह गरेका छन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र पाएको बताए। 

थिएटरमा यस्तो पात्रहरूको भूमिका निभाएपनि चलचित्रमा पहिलो अनुभव रहेको बताउँदै उनले चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको बताए। 

अभिनेत्री बराइलीले पूर्णबहादुरको सारंगीलाई पनि धेरै दर्शकहरूले मन पराउनेमा आशावादी रहेको बताइन्।

चलचत्रिमा सारंगी संस्कृति जोगाउन गाइने समुदायले गर्ने संघर्षको कथालाई समेटिएको छ।

३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा देखाइएको छ। 

सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। यो फिल्म आगामी कात्तिक १५ गतेबाट रिलिज हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad