गतवर्षको हिट फिल्म ‘जारी’ लाई युट्यवमा दर्शकहरुले निकै रुचाएका छन्। दसैँको अवसरमा सार्वजनिक गरिएको यो फिल्म युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा छ।
९ दिनअघि रिलिज भएको यो फिल्म सार्वजनिक भएदेखिनै ट्रेन्ड्रिङमा उक्लिएको थियो। केही महिनादेखि ट्रेन्डिङमा सर्ट्स भिडिओको वर्चस्वलाई जारीले उछिनेको छ।
‘जारी’ एकहप्तादेखिनै ट्रेन्डिङ वानमा छ। यस फिल्मलाई हालसम्म ७८ लाख ५६ हजार बढी भ्युज मिलिसकेको छ। २ लाख ३१ हजार लाइक आउँदा ११ हजार बढी दर्शकले कमेन्ट गरेका छन्।
विशेषगरि, अडियन्सले फिल्मको मौलिक कथावस्तु र प्रस्तुतिकरणको निकै तारिफ गरेका छन्।
उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको यो फिल्म गतवर्ष वैशाख १ गते हलमा रिलिज भएको थियो। यस फिल्मले बक्सअफिसमा १७ करोड ३० लाखको व्यापार गरेको थियो।
81
Shares

प्रतिक्रिया