पूर्वमिस नेपाल नम्रता श्रेष्ठको ‘डेब्यु’ फिल्म ‘रंगी’ को स्क्रिप्ट पूजा गरिएको छ। घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।
सलोन सलिना फिल्म्स प्रालिको ब्यानरमा बन्ने फिल्ममा सुरेश न्यौपानेले निर्देशनमा डेब्यु गर्दै छन्। फिल्मको स्क्रिप्ट पुजामा सलोन, नम्रतासहित निर्देशक सुरेशलगायतको उपस्थिति थियो।
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सलोन र नम्रतासहित दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ। फिल्मको छायांकन आगामी कात्तिक ५ गतेबाट सुरु हुनेछ।
निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ। उनीहरु बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ।
निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ।
सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ।
Shares
प्रतिक्रिया