ad ad

कला


‘ज्वाइँ साब’बाट बाहिरियो जितुको बुढ्यौली ‘लुक’

‘ज्वाइँ साब’बाट बाहिरियो जितुको बुढ्यौली ‘लुक’

नेपालखबर
असोज १६, २०८१ बुधबार १२:३७, काठमाडौँ

जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ असोज २४ गतेबाट रिलिज हुँदै छ।

यस फिल्मको सार्वजनिक पोस्टर, टिजर र गीतले फिल्म राम्रै चर्चा पाइरहेको छ। 

यसैबीच, फिल्मबाट जितुको बुढ्यौली गेटअपको पोस्टर सार्वजनिक भएको छ। जितु आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रुपमा चित्रण गरिएको छ। जितुलाई बुढ्यौली दर्शाउने चस्मा र सोहीअनुरुपको पहिरनमा खुइलिएको तालुले चरित्र बुझाउने प्रयास गरिएको छ।

उनको यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता पनि जगाएको छ। जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन। 

जितु यतिबेला फिल्मको प्रमोसनमा व्यस्त छन्। वसन्त निरौला निर्देशित फिल्मका निर्माता राजकुमार पण्डित हुन्।

फिल्ममा जितुसहित नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .