ad ad

कला


‘१२ गाउँ’ को ट्रेलरमा विराजसहित समीरको दमदार एक्सन (भिडिओ)

‘१२ गाउँ’ को ट्रेलरमा विराजसहित समीरको दमदार एक्सन (भिडिओ)

नेपालखबर
असोज १५, २०८१ मंगलबार १५:५८, काठमाडौँ

विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ। 

विराजसहित उनका छोरा समीर भट्टलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ। ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा भन्छ। जहाँ साम्राज्यमा समिर राज गर्न लागिपरेको ट्रेलर हेर्दा थाहा हुन्छ। 

यो समिरको डेब्यु फिल्म समेत हो। समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्। 

यसै फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्।

फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ। 

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्।

नेपालसहित भारतमा छायांकन गरिएको यो फिल्म दसैँको अवसरमा असोज २४ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .