ad ad

कला


बाढीपहिरोले रोकिएको ‘सानो संसार’ अब हलमा कहिले रिलिज हुन्छ?

बाढीपहिरोले रोकिएको ‘सानो संसार’ अब हलमा कहिले रिलिज हुन्छ?

नेपालखबर
असोज १३, २०८१ आइतबार १२:४६, काठमाडौँ

गत शुक्रबार रिलिज भएको फिल्म ‘सानो संसार’ को प्रदर्शन रोकिएको छ। निर्माता अर्जुनकुमारले एक विज्ञप्ति निकाल्दै आइतबारबाट प्रदर्शन स्थगित गरिएको जानकारी दिएका छन्। 

बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण फिल्मको प्रदर्शन रोक्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

‘हालको बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण जनमानसलाई आवतजावत गर्न समेत कठिन भएको परिपेक्षमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई फिल्म सानो संसारलाई केही समयका लागि प्रदर्शन स्थगित गरेका छौं,’ विज्ञप्तिमा लेखिएको छ। 

उनले छिट्टै पुनः प्रदर्शनमा ल्याउने समेत जनाएका छन्। 

‘देशभरि बाढीपहिरोले गाह्रो भइरहेको छ। यस्तोमा फिल्म हेर्न आउन भन्नु पनि स्वभाविक लाग्दैन। मानवियताका हिसाबले प्रदर्शन रोकेका हौं,’अर्जुनकुमारले भने, ‘टिममा छलफल गरेर छिट्टै प्रदर्शन मिति सार्वजनिक गर्नेछौँ। अब कात्तिकतिर आउने सम्भावना बढी छ।’

सिद्धार्थ पुडासैनी निर्देशित यस फिल्ममा सीतादेवी तिमल्सेनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारको अभिनय छ। फिल्मले मध्यमवर्गिय परिवारको संघर्षको कथा भन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .