ad ad

कला


हलमा लागे ‘सानो संसार’ र ‘आँखा’, सेन्सर नहुँदा रोकियो ‘देवरा पार्ट १’

हलमा लागे ‘सानो संसार’ र ‘आँखा’, सेन्सर नहुँदा रोकियो ‘देवरा पार्ट १’

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १३:२, काठमाडौँ

आज शुक्रबार सिनेमा हलमा दुई नेपाली फिल्म प्रदर्शन भएका छान्।

अर्जुनकुमारको ‘सानो संसार’ र जौन योन्जन निर्देशित ‘आँखा’ हलमा लागेका हुन्।

सिद्धार्थ पुडासैनी निर्देशित फिल्म ‘सानो संसार’ मा सीतादेवी तिमिल्सेना, शिशिर शिवाकोटी, अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ।

अर्जुनकुमार डंगोलको लगानी रहेको माधव वाग्ले कार्यकारी निर्माता हुन्। फिल्ममा निर्देशक पुडासैनीकै कथा र पटकथा रहेको छ। यस फिल्मले मध्यम परिवारको संघर्षको कथालाई उठान गरेको छ।

अर्जुनकुमारले यसअघि चपली हाइटजस्ता चर्चित सिरिजसहित फिटकिरी, फाटेको जुत्ता निर्माण गरेका थिए। त्यसैगरी, जौन योन्जन निर्देशित ‘आँखा’ स्मिता लामिछाने र अभिनेता आरके मेहता मुख्य भूमिकामा छन्। यस फिल्मले सुकुम्बासी बस्तीमा बस्दै आएको दम्पतीले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्यसबीचमा उत्पन्न परिस्थितिलाई समेटिएको छ।

फिल्ममा विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन्।

फरक कथावस्तुमा बनेका यी दुवै फिल्म कम बजेटमा बनेका हुन्। प्रिमियर सोमा उत्कृष्ट प्रतिक्रिया पाएका दुवै फिल्मको व्यापार माउथ अफ वर्ल्डले निर्धारण गर्नेछ।

समयमा सेन्सरका लागि नआइपुग्दा हुन नसक्दा दक्षिण भारतीय फिल्म ‘देवरा पार्ट १’ भने नेपालमा प्रदर्शनीमा ढिलो हुने भएको छ।

विदेशी फिल्मको हकमा ४ दिनअगावै सेन्सर पास हुनपर्ने नियम छ। तर, समयमा फिल्म नआउँदा आज यो फिल्म रिलिज हुन सकेन।

चलचित्र जाँच समिति (सेन्सर बोर्ड) का सदस्य–सचिव राजकुमार थापा भन्छन्, ‘हिजो साँझ मात्र सेन्सरका लागि डकुमेन्ट आएको छ। आज २ बजेपछि जाँचको प्रक्रिया अघि बढ्छ।’

जुनियर एनटीआरको मुख्य भूमिका रहेको यस फिल्मको भारतमा राम्रो ओपनिङ हुने अनुमान गरिएको छ। किनकि फिल्मको अग्रिम बुकिङ निकै आक्रामक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .