ad ad

कला


प्रेमकथा भन्ने ‘नहेर मलाई’ म्युजिक भिडिओ सार्वजनिक

प्रेमकथा भन्ने ‘नहेर मलाई’ म्युजिक भिडिओ सार्वजनिक

नेपालखबर
असोज १०, २०८१ बिहिबार १४:११, काठमाडौँ

‘नहेर मलाई’ बोलको म्युजिक भिडिओ  सार्वजनिक भएको छ।

विक्रम योङहाङले निर्देशन गरेको भिडिओले दुई प्रेमीबीचको सम्बन्धको कथा भन्छ।

फोटो खिच्दै एउटा गाउँ पुगेको फोटोग्राफरको भेट गाउँकी युवतीसँग हुन्छ र उनीहरूबीच प्रेम मौलाउँदै जान्छ। 

भिडिओमा कलाकार रमिता राई, युगल लिम्बु र उत्तम योङहाङ फिचर्ड छन्। रमिता र युगल रंगकर्मीसमेत हुन्।

त्यसैगरी अञ्जु आङ्बो, अनिषा योङहाङ, बाना केरुङ,  हैकम थुलुङ, फुङ्गना योङहाङ र रुपा लिम्बुको पनि अभिनय देख्न सकिन्छ।

भिडिओलाई भूपेन योङहाङले खिचेका हुन्।

निर्देशक विक्रमकै शब्द रहेको गीतमा गायक दीपक तामाङको स्वर छ भने गोविन्द चेमजोङले संगीत भरेका छन्।

गीत पुष्कर खत्रीले एरेन्ज गरेका हुन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .