ad ad

कला


हलमा कस्तो चल्दै छ मीन भामको फिल्म ‘शाम्बाला’?

हलमा कस्तो चल्दै छ मीन भामको फिल्म ‘शाम्बाला’?

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १७:५८, काठमाडौँ

गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘शाम्बाला’ ले दर्शकहरुको उत्साहजनक साथ पाएको छ। अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल यस फिल्मलाई दर्शकहरुले मन पराइरहेका छन्।

व्यापार उत्साहजनक रहेको फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए। पहिलो दिन यो फिल्म नेपालभरिका ४८ सिनेमाहलमा रिलिज भएको थियो।

पहिलो दिनदेखि नै फिल्ममा उत्साहजनक अकुपेन्सी रहेको उनको भनाइ छ। ‘व्यापार उत्साहजनक नै छ। कमर्सियल फिल्मजस्तो नभए पनि आर्ट मुभिको लागि यो व्यापार राम्रै हो। शनिबार र आइतबार पनि अडियन्सको राम्रो साथ छ,’ लिम्बूले भने।

उनका अनुसार यस फिल्मले ओपनिङ डेमा १४२ शो पाउँदा शनिबार १६२ शो पाएको थियो। सहरी क्षेत्रहरुमा दर्शकहरुको फ्लो राम्रो रहेको उनले सुनाए।

उनले भने, ‘सहरी एसियामा दर्शकहरुको फ्लो राम्रो छ। धेरैजसो बौद्धिक व्यक्तिहरुले फिल्म हेरिरहनु भएको छ। दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको छ’, उनले भने, ‘पूर्वतिरका हलमा पनि बिस्तारै पिकअप लिइरहेको छ। यो साता दुईदिन बिदा छ। यसले पनि फाइदा पुग्ने देखिन्छ।’

अग्रिम बुकिङभन्दा पनि हलमै पुगेर टिकट फिल्म हेर्नेको संख्या बढी रहेको उनको दाबी छ। फिल्मको व्यापारचाहिँ अन्तिममा सार्वजनिक समेत उनले सुनाए।

मीन भाम निर्देशित यो फिल्म रिलिजअगावै चर्चामा थियो। यो फिल्म बर्लिन र लोकर्नोजस्ता ठूला महोत्सवमा सहभागी भइसकेको छ।

एकसाताअघि काठमाडौंमा प्रिमियर शो समेत गरिएको थियो। जहाँ बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकीले पनि फिल्म हेरेका थिए। उनीहरुले फिल्मको खुलेरै प्रसंसा गरेका थिए।

यो फिल्म हेर्नेकै लागि भारतीय निर्देशक राजकुमार हिरानी नेपाल आउँदै छन्। हिरानी सेप्टेम्बर २० देखि २५ सम्म नेपालमा हुनेछन्। फिल्म हेर्नेसहित उनी केही दिन परिवारसँग पोखरा घुम्ने तय भएको छ।

उत्कृष्ट कथा। त्यसमाथि फिल्मप्रति विदेशी कलाकारहरुको चासो। र, अस्करका लागि नेपालबाट मनोनयनमा पर्नुले फिल्मको हाइप बढाएको छ। जसले फिल्मको व्यापारमा फाइदा गर्ने देखिन्छ।

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो। जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितिन्।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो।

भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन्। यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ।

फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन्। तिब्बती भाषामा रिलिज उक्त फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा प्रदर्शन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .