ad ad

कला


हलमा ‘शाम्बाला’ को सुःखद अकुपेन्सी

हलमा ‘शाम्बाला’ को सुःखद अकुपेन्सी

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १३:४४, काठमाडौँ

मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। राम्रो सो पाएको यस फिल्मको अकुपेन्सी पनि सुखद रहेको छ। 

यो फिल्म उपत्यकाका ९ र मोफसलका ३९ हलमा प्रदर्शनमा आएको हो। देशकै ठूलो मल्टिप्लेक्स हल क्यूएफएक्सले यस फिल्मलाई उत्साहजनक सो दिएको छ। 

साथै, अन्य हलहरूले पनि फिल्मलाई राम्रै सो दिएका छन्। धेरै मल्टिप्लेक्स हलहरुमा अकुपेन्ची राम्रो देखिएको छ। दिउँसो र बेलुकाको शोहरुमा दर्शकहरुले संख्या बढिरहेको देखिन्छ। विशेषगरी, क्यूएफएक्सको लबिम मल र छाँया सेन्टरमा बुकिङ शतप्रतिशत छ। 

यसैबीच, ‘शाम्बाला’ अस्करको लागि नेपालबाट मनोनयनमा परेको छ। फिल्मले अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा भाग लिनेछ। 

यसले पनि फिल्मको व्यापारमा वृद्धि हुने देखिन्छ। साथै रिलिजगावै प्रिमियर शो गरिएको थियो। जहाँ बलिउड निर्देशक अनुराग कश्यम र अभिनेता नवाजुद्दिन सिद्दिकी पनि पुगेका थिए। 

त्यसैगरी, शाहरुख खान र प्रीति जिन्टा अभिनित फिल्म ‘वीरजारा’ पुनः प्रदर्शन भएको छ।

यो फिल्म २० वर्षपछि पुनः रिलिज भएको छ। जापानी एनिमेटेड फिल्म ‘डिटेक्टिभ कोनानस् द मिलियन डलर पेन्टाग्राम’ पनि हलमा लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .