ad ad

कला


‘झिल्के एण्ड द कम्पनी’ ले ल्यायो  ‘काठमाण्डु शहर’ (भिडिओ)

‘झिल्के एण्ड द कम्पनी’ ले ल्यायो  ‘काठमाण्डु शहर’ (भिडिओ)

नेपालखबर
असोज १, २०८१ मंगलबार १३:१८, काठमाडौँ

नेपाली रक ब्यान्ड झिल्के एण्ड द कम्पनीले ‘काठमाण्डु शहर’ बोलको गीत सार्वजनिक गरेको छ। गीतमा काठमाडौं सहरलाई समर्पित गरिएको गीतमा काठमाडौंको जीवन्त संस्कृति र समृद्ध इतिहासको चित्रण गरिएको छ। 

ब्यान्ड एल्बम ‘जवानीको जोश’मा समावेश गीतले द्वन्दकालको समयमा काठमाडौं सहरमा हुर्किदै गरेको एक युवकको अनुभवहरुलाई समेटिएको छ। व्यंग्यात्मक शब्दहरु र आकर्षक धुनसँग साँचो मायाका साथ व्यंग्य मिसाइएका गीतले काठमाडौंको लागि एक प्रेम पत्र समेटेको छ।

ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको गीत साउन्ड फ्युजन स्टुडियोमा राहिताज गुरुङले रिमास्टरिङ गरेका हुन्। ब्यान्डअनुसार यो गीत सबै प्लेटफर्ममा उपलब्ध छ।

गीतका गायक तथा गीतकार स्टिभ देवानले काठमाडौं आफ्नो घर भएकाले गीतमा घरप्रतिको गहिरो माया र स्नेहलाई प्रस्तुत गरेको सुनाए।

गीतको भिडिओमा ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको युनेस्को विश्व सम्पदा क्षेत्र काठमाडौं दरबार स्क्वायरमा छायांकन गरिएको हो।

व्याण्डका व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई) नेटवर्कका विकेश कायस्थले गीतले काठमाडौंको सुन्दरता र महत्वलाई जोड दिँदै गीतमार्फत सांस्कृतिक पहिचानको पनि प्रतिनिधित्व गराएको बताए ।

व्याण्डका बेसिस्ट विशाल हाङ राईले गीतले सहर प्रतिको माया र सहरका समस्याहरु प्रति चिन्ता गरेको कुरालाई पनि प्रस्तुत गर्ने जनाए। 

ड्रमर दिपसन केसीले दर्शकलाई ‘काठमाण्डु शहर’को दृश्य र श्रवण परिदृश्य अन्वेषण गर्न गर्दै गर्दा उनीहरुले व्याण्डको संगीत र जीवनलाई आकार दिने सहरको लागि गहिरो कदर र सराहनाको भावना जगाएको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .