ad ad

कला


२५ दिनमा सकियो ‘घर नम्बर २’ को छायांकन

२५ दिनमा सकियो ‘घर नम्बर २’ को छायांकन

नेपालखबर
भदौ २३, २०८१ आइतबार १२:१५, काठमाडौँ

फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन सकिएको छ। काठमाडौँ र ललितपुरमा फिल्मलाई २५ दिनसम्म सुटिङ सम्पन्न गरिएको हो।

प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनर्म प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए।

यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्ममा शरद श्रेष्ठ, किरण मजर्हन र राजीव श्रेष्ठको लगानी छ । वुद्धि सागरले लेखेको कथालाई कृष्णबहादुर थापाले खिचेका हुन्। फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको हो। 

युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मलाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ। फिल्मलाई काठमाडौंमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .