अभिनेत्री सुरक्षा पन्तले आफूलाई कलाकार भनेको सुन्दा नै गर्वको महसुस हुने बताएकी छन्। कलाकारअगाडि दिइने विशेषण शाब्दिक अलंकार मात्र भएको उनको टिप्पणी छ।
यस्तो छ कलिङ साहित्य महोत्सवको ‘नायक र नायकत्व’ शीर्षकमा अभिनेत्री पन्तले राखेको धारणाको सम्पादित अंश-
मलाई हिरोइन भनेको सुन्दा मजा आउँछ। गदगद महसुस हुन्छ। समाजमा हिरोइन भन्ने शब्द छ, त्यसलाई चिन्छौँ पनि। हिरो र हिरोइनको शाब्दिक अलंकार। तर, आत्मसात् र काममा लागू गर्ने कुरामा कलाकार भनिदिए हुन्थ्यो भन्ने लाग्छ।
धेरैले विशुद्ध कलाकार र राम्रो अभिनय गर्ने कलाकार भन्नुहुन्छ। जुन सुन्दा गर्व महसुस हुन्छ। कलाकार शब्द यत्तिकै पाउन गाह्रो छ। हामी कलालाई प्रयास गर्ने मान्छे हो। त्यसमा विज्ञ भइसकेपछि न कलाकार बन्ने हो। म यो यात्रामा छु। त्यसमा पोख्त हुन चाहन्छु।
कसैले कलाकार भनिदिनु धेरै ठूलो कुरा हो। सम्मान दिएजस्तो लाग्छ। तर, अर्को साइड पनि एक्सप्लोर गरौँ भन्ने हुन्छ। हिरोइनको तलतल कस्तो हुन्छ भन्ने लाग्दोरहेछ। हिरो भन्ने शब्दको आफ्नै इतिहास होला। त्यसलाई जेनरल र न्युट्रल भएर हेर्नुपर्छ भन्ने पनि मान्यता छ।
एउटा यस्तो व्यक्ति केही सहजीकरणसहित नयाँ गर्छ, अरू व्यक्तिहरूको जीवनमा परिवर्तन गर्छ, परिवर्तन हुन नसकेका कुरामा परिवर्तन गर्न आँट गर्छ। त्यो आँटिलो मान्छेको इमेज नै हिरोजस्तो होला जस्तो लाग्छ। एउटा कलाकार भएर काम गर्नुको मजा लाग्छ। अरू त शाब्दिक अलंकारजस्तो लाग्छ।
नायकले पात्र जन्माउँछ, पात्रले नायक पनि जन्माउँछ। दुवै सत्य हुन्। दुवै परिपूरकजस्तो लाग्छ। एउटा पात्रमा नायकत्व राख्ने कि नराख्ने भन्ने निर्णय गर्न पाउँछ। सिनेमामा कति धेरै पात्रहरू गरिरहेका हुन्छौँ। कुनै सिनेमामा चाँहि एउटा विशेष पात्रले नायकतत्व अगाडि लिएर बढिरहेको हुन्छ। त्योप्रति हामीले इमान्दारिता राख्नुपर्छ। दुवै परिपूरक कुरा हो जस्तो लाग्छ।
नेतृत्वको कुरा गर्दा कहिलेकाहीँ के लाग्छ भने नायक वा लिडर भन्ने सबै कुरा समाधान गर्ने टाइपको हुन्छ भन्ने विश्वास गरिन्छ। जुन इमेजलाई हिरो भनिन्छ। कति मान्छेले पर्दापछाडि पनि नेतृत्व गरिरहेका हुन्छन्। त्यो चिजचाहिँ लुकिरहेको हुन्छ। नायकको परिभाषा नै फराकिलो छ। एउटा आइडियामा केन्द्रित गराउनु सक्नुहुँदैन। परिस्थितिअनुसार नायकहरू परिवर्तन हुन्छन्।
हाम्रो मानसपटलले वा हाम्रो सोसाइटीको माइन्सेडटले कस्तो व्यक्ति खोजिरहेको छ? समाजलाई कस्तो दिशातिर निर्देशन गर्न खोजी गर्दागर्दै कति नायकहरू भेटिन्छन्। यो छोटो टाइमसेटले निर्धारण गर्ने आइडिया हो जस्तो लाग्छ। नायक जो पनि हुनसक्छ। पर्दामा आउने नायकहरू समाजबाटै टिपिएका अंशहरू हुन्।
जुन हरेक कालखण्डमा जो पनि हुनसक्छ। परिवर्तन पनि हुनसक्छ। एउटा मोसन र मुभमेन्टका लागि चाहिरहने इन्धनजस्तो आइडियाचाहिँ नायक हो। जुन सिनेमामा पर्दापछाडिका र समाजमा देख्न पनि देख्न सकिन्छ। यो एउटा केवल नायक र नायिका केन्द्रित भएर निर्णय गर्ने कुरा होइन। लेखन वा निर्देशकको केन्द्रबिन्दुबाट आउन पनि सक्छ।
हामीले कति सिनेमाहरू देखिरहेका छौँ। जसमा खलनायक पनि नायक हुन्छन्। समाजमा गतिलो काम गरेको हुँदैन। तर, पनि मानिरहेका हुन्छौँ। त्यो पनि नायकत्व हो। लेखक तथा निर्देशकले आफ्नो फिल्मको स्टोरीमा कुन आइडियालाई प्रस्तुत गर्न चाहनुहुन्छ। त्यसमा नायकत्वलाई निर्धारण गर्छ।
एउटा फिल्ममा नायक र नायकत्व भन्ने कहिले पनि हट्दैन। हामी फिल्ममा हिरो खोजिरहेका हुन्छौँ। हिरो आन्तरिक कुरा पनि हुन जान सक्छ। कसैले गर्दा मेरो सोच्ने तरिकामा आउँदै छ। त्यसमा पनि सिनेमा बन्न सक्छ। हामी अहिले सीमित आइडियालाई मानिरहेका छौँ।
अहिले पनि अधिकांश सिनेमा त्यही आधारमा लेखिएको र प्रयास गरिएको छ। दर्शकलाई त्यही देखाइएको छ। जो मलाई नहुन सक्छ। मेरा लागि महानायकलगायतका ट्याग शाब्दिक अलंकार हो। यो कसले दिन्छ? यो महानायक र मेगास्टार भन्ने ट्याग कसले दिन्छ?
मलाई यो महानायिका ट्यागमा पर्नु छैन कि! सबैको यात्रा हुन्छ भन्ने हुँदैन। त्यो भारबाट पछाडि हिडिरहेको हुन्छु।
Shares
प्रतिक्रिया