पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डीएनए’ को बन्ने भएको छ।
निर्माण टोलीले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेको हो।
फोनिक फ्लिकको ब्यानरमा बन्ने फिल्मको मोर्डन एडप्टेसनमा आधारित थ्रिलर हुनेछ। जसमा एक्सनका रोमाञ्चक दृश्यहरू समेटिनेछन्।
यस फिल्मलाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्नेछन्। फिल्म निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोज़ सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ। फिल्मको छायाङ्कन आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ।
पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए। यस फिल्ममा नयाँ र नौलो प्रयोगको रूपमा निर्माण गरिने बताइएको छ।
फिल्ममा कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने निर्माण टोलीले जनाएको छ।
Shares

प्रतिक्रिया