ad ad

कला


उपसभामुख रानासहितले केक काटेर मनाए ‘घरज्वाइँ’ को ५१ औँ दिन

उपसभामुख रानासहितले केक काटेर मनाए ‘घरज्वाइँ’ को ५१ औँ दिन

नेपालखबर
भदौ १६, २०८१ आइतबार १४:५०, काठमाडौँ

अनिल बुढा मगरको डेब्यु फिल्म ‘घरज्वाइँ’ प्रदर्शनको ५१औँ दिन मनाएको छ।

फिल्मले नयाँ वर्षपार्क–नयाँ बानेश्वरको आईएनआई, गोंगबुको बीएसआर मुभिज, सामाखुसीस्थित स्क्वायर मलको क्यूएफएक्स, अस्टनारायण पिक्चर्स, बुटवल र नेपालगञ्जको हलमा शनिबार ५१ दिन मनाएको छ।   

यस फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। 

प्रदर्शनको ५१ दिन पुगेको खुसीयालीमा शनिबार साँझ केक काट्दै सेलिब्रेट गरिएको थियो। जहाँ फिल्म टिमसहित उपसभामुख इन्दिरा रानाको उपस्थिति थियो।  

असार २८ गतेबाट रिलिज भएको फिल्ममा मगर समुदाय प्रचलित घरज्वाइँ संस्कृतिलाई उठान गरिएको छ। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा अनिल आफैँले लेखेका हुन्। पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

फिल्ममा दयाहाङ र मिरुना मगरसहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) लगायतको अभिनय छ। 

२ करोड लगानीमा बनेको फिल्मले ५१ दिनसम्म साढे पाँच करोड कमाइ गरेको निर्माणटिमले जनाएको छ। फिल्मको निर्माता जनक घर्ती मगर हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .