फिल्म ‘एक्टरः टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई फिचर्ड छन्।
लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको छ। उनी कुनै आक्रमणमा परेको जस्तो लाग्छ।
पोस्ट प्रोडक्सनमा रहेको यो फिल्म कात्तिक १५ गते रिलिज हुँदैछ। ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ। अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्।
राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन्। क्रेयटिभ प्रोड्युसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन्। फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन्।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन्। ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन्।
फिल्ममा अष्टम महर्जनको द्वन्द्व रहेको छ। यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।
प्रतिक्रिया