प्रदीप शाहीको निर्देशनमा बन्ने फिल्म ‘एक्लो’ को शुभमुहूर्त गरिएको छ।
बुधबार बिहान भद्रकाली मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो। अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले मुहूर्त सट दिए।
फिल्मको छांयाकन बिहिबारदेखि फिल्मको सुटिङ सुरु हुनेछ। उपल्लो मुस्ताङमा हुने सुटिङ ४५ दिनसम्म चल्नेछ। यस फिल्मलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण गर्ने सुनाए।
यस फिल्ममा प्रदीप खड्का, एवनराज उप्रेती, दीया पुन, दिनेश डीसी लगायतको अभिनय रहनेछ। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ। हाल सेट निर्माणको काम र प्री प्रोडक्सनको भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए।
‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खास् विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।
Shares
प्रतिक्रिया