ad ad

कला


राधा भण्डारीको ‘धमिलो प्रकाश’ सार्वजनिक

राधा भण्डारीको ‘धमिलो प्रकाश’ सार्वजनिक

नेपालखबर
भदौ ९, २०८१ आइतबार १३:३९, काठमाडौँ

साहित्यकार राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ सार्वजनिक भएको छ। शनिबार एक एक कार्यक्रमबीच साहित्यकार एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उर्जाविद् कृष्ण भण्डारी, वरिष्ठ कलाकार लय संग्रौला, सर्जक राधा भण्डारीलगायतले उत्त कृतिको लोकापर्ण गरे। 

भण्डारीले पहिलो उपन्यास कृति ‘खुल्ला कैदी’ पाठकमाझ ल्याएको चार वर्षपछि दोस्रो कृति ल्याएकी हुन्। यो उपन्यास कोरोना–१९को महामारीबाट सिर्जित असमान्य परिस्थितिको पृष्ठिभूमिमा रचिएको उनले बताइन्।

 ‘धमिलो प्रकाशले नेपाली समाजमा विद्यमान पुरुषप्रधान मानसिकतालाई उजागर गर्न खोजेको छ, जसले राष्ट्रको आधा आकाश भनिने नारीहरूमाथि शदियौंदेखि भौतिक, मानसिक दुवै स्तरमा चरम् शोषण गर्दै आएको छ,’ उनले भनिन्। 

कार्यक्रममा कलाकार संग्रौला, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, गीतकार अमर वान्तु, साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली, समाजसेवी लीला नेपाल, ऊर्जाविद् कृष्ण भण्डारीलगायतले शुभकामना मन्तव्य राख्दै स्रष्टा राधा भण्डारीलाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिए।

महाकाव्यकार खेमनाथ दाहालले पुस्तकको टिप्पणी गर्दै नारी वेदना र प्रतिशोधको बिम्ब यो कृति रहेको बताए। यौन उत्पीडनमा परेका नारीको आवाज पनि यो कृति रहेको बताउँदै उनले यसमा सामाजिक विद्रोह पनि रहेको टिप्पणी गरे।

पत्रकार दाहालले संवादको शैलीमा रहेको उपन्यासले समाजमा रहेका विकृतिलाई उजागर गरेको बताए। उनले कृति सरल र गहन रहेको बताउँदै समाजमा रहेको विकृतिलाई कृतिकार भण्डारीले हिम्मत गरेर पाठकमाझ ल्याएको सुनाए।

बाईस भागमा विभाजन गरिएको १५६ पृष्ठको यो उपन्यासको मूल्य ४०० रुपैयाँ राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .