श्रद्धा कपुर र राजकुमार राव अभिनित बलिउड फिल्म ‘स्त्री २’ बक्सअफिसमा तहल्का मच्चाइरहेको छ।
गत बिहीबार रिलिज भएको एकसातामा विश्वभर ग्रस ४०१ करोड भारतीय रुपैयाँ कमाएको छ।
बिहीबार फिल्म निर्माण टिमले कमाइको तथ्यांक सार्वजनिक गरेका छन्।
विश्वभरको कमाइमध्ये ३४२ करोड भारतीय बक्सअफिसमा कमाएको बताइएको छ।
विदेशमा भने फिल्मको कमाइ ५९ करोड भारु पुगेको छ।
बिहीबार स्वतन्त्रता दिवसका अवसरमा रिलिज भएको यस फिल्मले पहिलो दिन ७० करोड भारुको ओपनिङ गरेको थियो।
भारतभर फिल्मले एकसातामा २८९.६ करोड नेट कलेक्सन गरेको छ।
यो फिल्म चाँडै घरेलु बक्स अफिसमा ३०० करोड क्लबमा प्रवेश गर्नेछ।
यो फिल्म घरेलु बक्सअफिसमा यसवर्षको सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ।
‘स्त्री’को दोस्रो शृंखलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ।
यो फिल्म २०१८ को हिट हरर कमेडी चलचित्र ‘स्त्री’ को सिक्वेल हो, जसले दर्शकलाई धेरै हँसाएको र डराएको थियो।
‘स्त्री २’ लाई ‘स्त्री’बाट निर्देशनमा डेब्यु गरेका अमर कौशिकले निर्देशन गरेका हुन्।
प्रतिक्रिया