ad ad

कला


‘म्यान अफ द इयर २०२४’ को अडिसन खुला

‘म्यान अफ द इयर २०२४’ को अडिसन खुला

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १२:१, काठमाडौँ

पुरूषहरूको सौन्दर्य तथा बौद्धिकता जाँच गर्ने प्रतियोगिता ‘म्यान अफ द इयर २०२४’ को अडिसन खुलेको छ। आयोजक कम्पनि यू क्यान फ्लाई फेशन प्रालीले प्रतियोगिताको अडिसन आह्वान गरेको हो।

नेपालको सबैभन्दा ठूलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो। देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ। 

नेपालका प्रमुख सहरहरू काठमाडौँ, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा आडिसन स्थान तोकिएको छ। सहभागी हुन चाहनेहरूको लागि इसेवा एप मार्फत आवेदन दिन सक्नेछन्।

अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठमाडौँमा हुनेछ। 

सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौँमा दोस्रो अडिसन हुनेछ। यस्तै, मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन तय भएको छ।

यस प्रतियोगिताको ब्राण्ड एम्बास्डर तथा बोर्ड सदस्यको रूपमा स्टाइलिस्ट एक्टर अनुपबिक्रम शाही छन् भने एभेन्ट मेन्टर तथा कोरियोग्राफरमा अभिनेता प्रशान्त ताम्राकार छन्। 

मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवाहरूलाई स्थान दिने र उनीहरूको कला तथा क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी प्रवन्ध निर्देशक स्वीकृति प्याकुरेलले बताइन्।

प्रतियोगिताको फाइनल नोभेम्बर २८ मा काठमाडौँमा हुनेछ। विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

साथै, आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२४’ को लागि नेपालको प्रतिनिधित्व गर्ने पाउने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .