कला


‘नरसिंहा अवतार’मा जोडिए नीर शाह र प्रशान्त ताम्राकार

‘नरसिंहा अवतार’मा जोडिए नीर शाह र प्रशान्त ताम्राकार

नेपालखबर
भदौ ५, २०८१ बुधबार १३:५८, काठमाडौँ

दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘नरसिंहा अवतार’मा वरिष्ठ कलाकार नीर शाह अनुबन्ध भएका छन्।

कागती सम्झौता भएसँगै शाह फिल्मको महत्त्वपूर्ण भूमिकामा देखिने निर्देशक भट्टराईले जानकारी दिए। भट्टराईले कलाकार नीर शाहसँग पहिलोपटक सहकार्य गर्न लागेका हुन्। 

त्यसैगरी अभिनेता प्रशान्त ताम्राकार पनि फिल्ममा जोडिएका छन्। निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो। उनी फिल्ममा भिलेनको भूमिकामा देखिनेछन्। 

निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यसअघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए। ‘नरसिंहा अवतार’मा ताम्राकारको भूमिकाबारे नखुलाइए पनि फिल्मको शीर्षमध्ये एक भूमिकामा अनुबन्ध गराइएको निर्देशक भट्टराईले जनाकारी गराए।

नीर शाह र प्रशान्तको इन्ट्रीसँगै फिल्ममा कलाकारहरूको लाइनअप रोचक देखिएको छ। एक्सन तथा सोसल ड्रामामा बन्ने निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म मुख्य पात्र पाँचजना फाइनल भइसकेका छन्।

यसअघि यो फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई  र दीपा शाही अनुबन्ध भइसकेका छन्।

निर्माण पक्षले यो फिल्ममा यी सबै कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा पनि केही खुलाएको छैन। यसै फिल्मबाट ८ वर्षपछि महानायक हमाल कम्ब्याक गर्दै छन्।

क्याप्टेनपछि अभिनेता सरोजले निर्देशक भट्टराईको फिल्ममा अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन्।

उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका थिएनन्।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौको अन्तिम सातादेखि छायांकनमा जाने तयारी छ। फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ। निर्देशक भट्टराईका अनुसार अब यो फिल्मको प्रदर्शन मिति केही दिनमै तय गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad