कारोबार


स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउँछ : अर्थमन्त्री

स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउँछ : अर्थमन्त्री

स्टार्टअप नेसन, २०३० कार्यक्रम (रासस)


नेपालखबर
भदौ ५, २०८१ बुधबार १४:३, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले सबै सिर्जनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे। उनले युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गरे। 

अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति आग्रह गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको जिकिर गरे। 

उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरु एक एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताए। 

उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताए।

अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा सुरुमा सफलताभन्दा असफलता बढी हुने बताए। उनले स्टार्टअपका लागि आवश्यक कानूनी, संरचनागत प्रबन्ध समन्वयात्मक रुपमा अघि बढाए सफल बनाउने बताए। 

उनले सिर्जनाशील युवालाई उत्पादन, रोजगारीमा आबद्ध गर्नसके मात्रै देश समृद्ध बन्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad