ad ad

कला


अभिनेत्री अरुणिमा लम्सालले गरिन् बिहे

अभिनेत्री अरुणिमा लम्सालले गरिन् बिहे

नेपालखबर
भदौ ३, २०८१ सोमबार १७:४५, काठमाडौँ

अभिनेत्री अरुणिमा लम्सालले बिहे गरेकी छिन्। उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन्।

दुवैले काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसे। बिहेमा परिवार र निकट आफन्तको उपस्थिति थिए।

अरुणिका श्रीमान श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन्। बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन्।

केहीदिनअघि दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए। उनीहरुको मागी बिहे गरेको बताइएको छ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी अरुणिमाको दोस्रो विवाह हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .