कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) स्वदेश फर्किएका छन्। डेढ महिना लामो युरोप टुर सकेर उनीहरु नेपाल फर्किएका हुन्।
आइतबार स्वदेश फर्किएको धुर्मस र सुन्तलीले स्वयम फेसबुकमार्फत जानकारी दिएका हुन्। यस जोडीले युरोपका आधा दर्जन बढी देशमा आयोजित धुर्मुस-सुन्तली साँझ मा हास्य व्यङ्ग्य प्रस्तुति दिएका थिए।
धुर्मुस र सुन्तलीले युरोपका फिनल्याण्ड, मल्टा, क्रोएसिया,स्पेन, बेल्जियम, जर्मनी लगायतका देशमा पहिलोपटक प्रस्तुति दिएका थिए।
स्वदेश फर्किएसँगै उनीहरुले राष्ट्रिय नाचघरमा आजदेखि सुरू हुने गाईजात्रा महोत्सव २०८१ मा प्रस्तुति दिनेछन्।
बेलुका ५ बजेदेखि सुरू हुने कार्यक्रमा धुर्मुस-सुन्तलीसहित राजा राजेन्द्र पोखरेल, शिवशंकर रिजाल ‘जोगिन्दर’, सुरेन्द्र केसी ‘मुलासाग’, पल्पसा डंगोल ‘चम्सुरी’, हिमेश पन्त, खड्ग बहादुर पुन (खबपु), सुयशा खनाल लगायतको प्रस्तुति हुनेछ।
Shares

प्रतिक्रिया