बलिउड अभिनेत्री रिया चक्रवर्ती आफ्नो प्रोफेसनल लाइफभन्दा व्यक्तिगत जीवनलाई लिएर बढी चर्चामा हुन्छिन्। रियाले सन् २०१३ मा फिल्म ‘मेरे डैड की मारुती’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। यद्यपि फिल्मले खासै व्यापार गर्न सकेन।
सन् २०२० मा रियाले धेरै समस्याको सामना गर्नु परेको थियो। दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा अभिनेत्रीको नाम आएको थियो। यस अवधिमा उनले केही समय जेल पनि बस्नुपरेको थियो। राजपुतको मृत्युपछि रिया फिल्ममा खासै देखिनन्।
अहिले रिया आफ्नो पडकास्ट शोका कारण चर्चामा छिन्। यस शोमा अहिलेसम्म धेरै सेलिब्रेटीहरु सहभागी भइसकेका छन्। यसको सुरुवात सुस्मिता सेनबाट भएको थियो।
यसैबीच, आमिर खान यस शोको हिस्सा बनेका छन्। रियाले शोको प्रोमो आइतबार सार्वजनिक गरेकी छिन्। जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
शोमा आमिर खान र रियाले स्टारडम, फिल्म, थेरापी र दुस्खको सामना गर्ने विषयमा कुरा गरेका थिए। रियाले सुपरस्टारको राम्रो लुक्सको तारिफ गर्दै प्रोमो सुरु हुन्छ।
त्यसपछि आमिर खान भन्छन्, ‘ऋतिक सुन्दर छ, सलमान सुन्दर छ, शाहरुख साँच्चै सुन्दर छ तर म म!’
रियाले जिस्काउँदै भनिन्, ‘तपाईं पनि सुन्दर हुनुहुन्छ। मलाई लाग्छ, एकपटक सारा देशले मेरो कुरा सुन्नेछ।’
त्यसपछि आमिरले गुनासो गर्छन्, ‘मानिसहरूले मेरो कपडाको छनोटको मजाक उडाउँछन्।’
यसबारेमा रियाले भन्छिन्, ‘मैले तपाईंलाई स्टाइलिस भनेर कहिल्यै भनिनँ।’
यो सुनेर आमिर खान हाँसे।
कुराकानीको क्रममा रियाले सोधिन्, ‘जब तपाई ऐनामा हेर्नुहुन्छ, तपाईलाई लाग्छ कि म राम्रो देखिन्छु, वा म स्टार हुँ, वा म आमिर खान हुँ।’
यसको जवाफमा आमिरले भने, ‘म जादूमा विश्वास गर्छु, पूर्णतामा होइन। म फिल्मबाट टाढिन चाहन्छु।’
यसमा रियाले उनी झुट बोलिरहेको भन्दै बताएकी छिन्। जब आमिरले आफूले सत्य बोल्दैछु भने, तब रियाले लाइट डिटेक्टर टेस्ट गर्नुपर्छ भनेर जवाफ दिइन्।
कुराकानीका क्रममा आमिरले पनि आफूले थेरापी लिएको कुरा पुष्टि गरे जसले गर्दा उनलाई धेरै कुरा सिक्ने मौका मिलेको छ।
रियाले थप प्रश्न राखिन्, ‘कसैसँग कुरा गरिरहँदा पनि उसले तपाईंलाई सताउन सक्छ। जवाफमा आमिरले भने, ‘त्यतिबेला मेरो लागि निकै गाह्रो थियो।’ यसो भन्दै आमिर खान भावुक भए।
शोमा आमिर खानले पनि रियाको जोशको तारिफ गरेका थिए। उनले भने, ‘तपाईले अचम्मको हिम्मत देखाउनुभएको छ।’
रियाले पनि आफू फिल्मबाट टाढा हुन चाहेको खुलासा गरिन्। प्रोमो सेयर गर्दै रियाले क्याप्सनमा लेखेकी छिन्, ‘म एक सच्चा स्टार र सच्चा साथी आमिर खानलाई स्वागत गर्न पाउँदा रोमाञ्चित छु।’
Shares

प्रतिक्रिया